Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गैरआवासीय नेपाली संघलाई आईएलओको पाँच करोड बढी सहयोग

गैरआवासीय नेपाली संघलाई आईएलओको पाँच करोड बढी सहयोग

  • आइतवार, आषाढ २१ २०७७

  • 881
    SHARES

  • गैरआवासीय नेपाली संघलाई आईएलओको पाँच करोड बढी सहयोग

    लन्डन । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आईएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले पाँच करोड १० लाख रुपैयाँभन्दा बढी हो ।

    सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आईएलओबाट प्राप्त अनुदान कोभिड (१९ भाइरसका कारण प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको सहयोगमा खर्च गरिनेछ । श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियामा रहेका नेपाली श्रमिकको सहयोगमा अनुदान रकम उपयोग गरिने सङ्घले जनाएको छ ।

    कोरोनाका कारण श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरु बढी प्रभावित छन् । कोरोना सङ्क्रमणका साथै रोजगारी गुम्ने दर पनि ह्वात्तै बढेको छ । बेरोजगार भएर बसेका नेपालीहरुलाई नेपाल फर्काउने क्रम पनि चलिरहेको छ । त्यस कार्यका लागिसमेत आईएलओको सहयोग उपयोग गर्न सकिने सङ्घले जनाएको छ । (रासस


    आइतवार, आषाढ २१ २०७७१०:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij