Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आठ दलीय गठबन्धन नै बनेको छैन : ओली

आठ दलीय गठबन्धन नै बनेको छैन : ओली

  • शनिवार, फाल्गुण १३ २०७९

  • 595
    SHARES

  • आठ दलीय गठबन्धन नै बनेको छैन : ओली
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले एमालेको तर्फबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिनुभएको हो।
     
    आठ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको पनि अध्यक्ष ओलीको जिकिर थियो । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरूको उम्मेदवार नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उहाँको दाबी छ ।
     
    नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको पनि उहाँले बताउनुभयो । ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरूको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्त्वपूर्ण भूमिका पूरा गर्नु भएका सफल राजनीतिज्ञको रुपमा परिचित माननीय सुवासचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं । र, विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं,’ अध्यक्ष ओलीले भन्नुभयो।
     
    यस्तै आफूहरूले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थका लागि नेम्वाङलाई उम्मेदवार बनाएको पनि उहाँको भनाइ थियो । यसका लागि समग्र नेपाली जनता र सबै तर्फबाट सहयोग पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
     
    यस्तै पुस १० गतेको सहमतिमा अन्य दलले पनि प्रतिबद्धता जनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘आफ्ना प्रतिबद्धताबाट, आफ्ना बचनबद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरूबाट कोही पनि पछि हट्ने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ । कुनै चिजको पनि एक सर्कल पूरा नगरीकन एउटा जुन प्रतिबद्धता छ, जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौं । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन । हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरूलाई बोलाइएको थियो । उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ।’
     
    अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने जिकिर गर्नुभयो ।


    शनिवार, फाल्गुण १३ २०७९०३:१२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij