Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू-१९ एसिया छनोट : नेपालद्वारा कुवेतलाई ३४४ रनको लक्ष्य, देव र अर्जुनको सानदार शतक

यू-१९ एसिया छनोट : नेपालद्वारा कुवेतलाई ३४४ रनको लक्ष्य, देव र अर्जुनको सानदार शतक

  • शनिवार, फाल्गुण १३ २०७९

  • 471
    SHARES

  • यू-१९ एसिया छनोट : नेपालद्वारा कुवेतलाई ३४४ रनको लक्ष्य, देव र अर्जुनको सानदार शतक
    काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा  ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो । 
     
    नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए । कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउँदै आउट भएका थिए । 
     
    अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो । विशाल विक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दीपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे ।  दीपक बोहोराले ९ बलमा १९ रन बनाए ।
     
    नेपालका ओपनर दीपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकाश त्रिपाटी ३ रनमा आउट भए ।
    कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २र२ तथा जय महेशकुमार मेहता १ विकेट लिए । 
     
    प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो । कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।
     
    लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यसहित युएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छ। प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।
     
    नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।


    शनिवार, फाल्गुण १३ २०७९०२:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij