काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताउनुभएको छ । सत्तागठबन्धन तोडिएसँगै एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उहाँले बताउनुभएको हो ।
उहाँले बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको बताउँदै एमाले निराश हुनुपर्ने कारण नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको उल्लेख गर्नुभएको छ । बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँज्नुभएको छ ।
सामाजिक सञ्जाल द्विटरमा उहाँले लेख्नुभएको छ,‘उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ। उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो। एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ। उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’