Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीपबारे सर्वोच्च अदालतले के भन्यो ?

सन्दीपबारे सर्वोच्च अदालतले के भन्यो ?

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 421
    SHARES

  • सन्दीपबारे सर्वोच्च अदालतले के भन्यो ?

    काठमाडौं । सन्दीप लामिछाने राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् । सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै दिएको निवेदनमा आज अदालतले आज निर्णय नलिएपछि सो सम्भावना टरेको हो ।

    सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको छ ।

    उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

    यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको छ ।

     


    शुक्रवार, फाल्गुण १२ २०७९०५:३१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij