Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 470
    SHARES

  • राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन
    काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो ।
     
    जसअनुसार प्रदेशसभाका सदस्य ५५० र संघीय संसद्का ३३२ गरी ८८२ जना मतदाता रहेका छन् । प्रारम्भिक नामावलीमा कैलाली २ बाट निर्वाचित सांसद अरुण कुमार चौधरीको नाम समावेश थिएन । दाबी विरोधमा उजुरी दिएपछि उहाँको नाम समावेश भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
     
    ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो । उहाँलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो । उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए ।   
     
    प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र संघीय संसद् सचिवालय पुगेपछि उहाँको निलम्बन फुकुवा भएको थियो । उहाँ यही आइतबार कारागार मुक्त हुनुभएको थियो । निलम्बन फुकुवा भएसँगै उहाँको सांसद पद कायम भएको छ । 
     
    निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य संगीता मण्डल धानुक, राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेशसभा सदस्य सरस्वती खड्का र सञ्जयकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । 
     
    नामावली सच्याएर कार्यालयले आजै अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । भोलि उम्मेदवारको मनोनयन तोकिएको छ । भोलि बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ । 
     
     


    शुक्रवार, फाल्गुण १२ २०७९०५:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij