Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा गाडीको स्पीड प्रतिघण्टा ५० किलोमिटर मात्रै

उपत्यकामा गाडीको स्पीड प्रतिघण्टा ५० किलोमिटर मात्रै

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 698
    SHARES

  • उपत्यकामा गाडीको स्पीड प्रतिघण्टा ५० किलोमिटर मात्रै

    काठमाडौं। काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ। उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सिमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ।तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ।


    बिहिवार, फाल्गुण ११ २०७९०५:२७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij