काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजन नेपाल एपीएफ स्कुल, कीर्तिपुरले नेपाल पुलिस स्कुल, साँगालाई १-० गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । नेपाल एपीएफ स्कुल, कीर्तिपुरको तर्फबाट विकास बोहोराले निर्णायक गोल गरेका थिए ।
त्यसैगरी आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ल्याब्रेटोरी माध्यमिक विद्यालय, कीर्तिपुरले लिटिल एन्जल्स स्कुल, ललितपुरलाई ३-० गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गर्न सफल भएको छ । ल्याब्रेटोरी माध्यमिक विद्यालयको तर्फबाट रविन बम्जन, ईशान बुढाथोकी र हरिस जंग शाहीले १/१ गोल गरेका थिए ।
यही १४ गते फाइनलमा आयोजक नेपाल एपीएफ स्कुल र ल्याब्रेटरी माध्यमिक विद्यालय भिड्दै छन् ।