Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेले युएईमा हुने खेल खेल्न नपाउने

सन्दीप लामिछानेले युएईमा हुने खेल खेल्न नपाउने

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 555
    SHARES

  • सन्दीप लामिछानेले युएईमा हुने खेल खेल्न नपाउने

    काठमाडौं। युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुको खेल्न सन्दीप लामिछाने जान नपाउने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीपको नाम अटाएको छैन ।

    क्यानले सन्दीपको ठाउँमा प्रतिस जिसीलाई राखेको छ। कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नै नगरेको स्रोतले बताएको छ ।

    नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ।बलात्कार आरोप लागेका सन्दीपको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

    उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।


    बिहिवार, फाल्गुण ११ २०७९०३:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij