काठमाडौं। साउदी अरबमा अलपत्र परेका २४ जना नेपाली युवा ४ महिनापछी स्वदेश फर्किएका छन्। रोजगारीका लागी काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा अलपत्र परेका थिए।
साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न पुगेका उनीहरूले आवश्यक सेवा सुविधा र सम्झौता अनुसार काम नपाएर अलपत्र परेका थिए।साउदी जान उनीहरूले प्रतिव्यक्ति १ लाख पचास हजारदेखि २ लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएका थिए। म्यानपावरले कामदार भिसा भनेर ६ महिनाको पर्यटक भिसामा पठाएको पाईएको छ।
स्वदेश फिर्ता हुनेहरुमा चितवनका सुरज जिसी, दाङका प्रमोद चौधरी, पाल्पाका जितबहादुर सार्की, रुपैन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन राना मगर, सिन्धुपाल्चोकका सोनाम खोले, राजेश सुवेदी, चितवनका प्रकाश गुरुङ, प्युठानका रुमबहादुर घर्ती मगर, मकवानपुरका शम्भू घिसिङ, गुल्मीका सुरज नेपाली छन्।
त्यस्तै,अर्घाखाँचीका सन्दीप श्रेष्ठ, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ, रोल्पाका निरन घर्ती मगर, पाल्पाका शेरबहादुर थापा, बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका दिनेश चौधरी, सुशिल पुन मगर, झापाका बालकृष्ण रिजाल, रूपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दरलामी मगर, पाल्पाका विष्णु नेपाली, पर्वतका रमेश सुनार गरी २४ जना रहेका छन्।
आफूहरु अलपत्र परेको सुचना नेपाली दूतावास रियादमा १४ नोभेम्बर २०२२ का दिन जानकारी दिएका थिए । त्यसपछि प्रक्रिया सुरु गरेर दुतावासले उनिहरुलाई स्वदेश पठाएको हो ।