Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आज पाचौँ संविधान दिवस , प्रधानमन्त्री ओलीले देशवासीको नाममा विशेष सम्बोधन गर्दै

आज पाचौँ संविधान दिवस , प्रधानमन्त्री ओलीले देशवासीको नाममा विशेष सम्बोधन गर्दै

  • शनिवार, आश्विन ३ २०७७

  • 788
    SHARES

  • आज पाचौँ संविधान दिवस , प्रधानमन्त्री ओलीले देशवासीको नाममा विशेष सम्बोधन गर्दै

    काठमाडौं । आज पाचौँ संविधान दिवस ,विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
    २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा वर्षेनी मनाइँदै आएको छ ।
    राष्ट्रिय दिवसका रुपमा समेत मनाइँदै आएको संविधान दिवसका अवसरमा बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

    प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुुभएको छ ।

    सम्बोधनमार्फत उहाँले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

    यस्तै कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण सावधानी अपनाउँदै देशैभर पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

     


    शनिवार, आश्विन ३ २०७७०६:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij