Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘केपी ओली कप–२०२३’को ट्रफी र अफिसियल गीत सार्वजनिक

‘केपी ओली कप–२०२३’को ट्रफी र अफिसियल गीत सार्वजनिक

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 416
    SHARES

  • ‘केपी ओली कप–२०२३’को ट्रफी र अफिसियल गीत सार्वजनिक

    काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप–२०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक भएको छ।

    केपी ओली कप–२०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो। फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो।

    प्रतियोगितामा ८ वटा ए डिभिजनका समूहहरु सहभागी हुने उहाँले बताउनुभयो। प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको उहाँले जानकारी दिनुभयो।

    अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उहाँको सम्मान गर्न र समकालीन नेताहरुमध्य ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उहाँको नाममा फुटबल प्रतियोगिता गरिएको बताउनुभयो। ओली समर्थकको ध्यानलाई खेलकुद क्षेत्रप्रति डाइभर्ट गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदान हुने सम्भावना बढ्ने भएकाले पनि यो प्रतियोगिता गरिएको उहाँले उल्लेख गर्नुभयो।

    यस प्रतियोगिताले अन्य राजनीतिक दलहरुका भ्रातृ संगठनलाई पनि प्रतियोगिता गर्न प्रेरित गर्ने र खेल क्षेत्रमा आर्थिक क्षेत्र चलायमान हुने उनले उल्लेख गर्नुभयो। अध्यक्ष पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताउनुभयो।

    केपी ओलीको नामबाट प्रतियोगिता आयोजना भएको भए पनि ओली भने दर्शक, फुटबल प्रेमी र शुभचिन्तकको रुपमा मात्र उपस्थित हुनसक्ने बताइएको छ। प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको स्टिमेट रहेको उहाँले बताउनुभयो।

     


    मंगलवार, फाल्गुण ९ २०७९०४:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij