काठमाडौं। विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपाली स्पीनर सन्दीप लामिछानेले आक्रामक बलिङ गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको नेपालका लागि सन्दीपले तीन ओभरमा १३ रन खर्चेर तीन विकेट लिएका छन्।
उनले स्कटल्यान्डका दुवै ओपनर काइल कोइट्जर र जर्ज मन्जीलाई पेभेलियन फर्काएका छन्। त्यसबाहेक कतन रिची बेङ्टिनलाई पनि सन्दीपले एलबीडब्लूको शिकार बनाएका छन्।
कोइट्जर पनि एलबीडब्लूको शिकार हुँदा मन्जी बोल्ड भएका थिए। स्कटल्यान्डले १४ ओभर सकिँदा तीन विकेट गुमाएर ८९ रन बनाएको छ।