Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा दोहोरो अंकले करेक्सन

सेयर बजारमा दोहोरो अंकले करेक्सन

  • सोमवार, फाल्गुण ८ २०७९

  • 293
    SHARES

  • सेयर बजारमा दोहोरो अंकले करेक्सन

    काठमाडौं। सेयर बजारमा आज दोहोरो अंकले करेक्सन आएको छ। अघिल्लो साताबाट निरन्तर ओरालो लागेको सेयर बजारमा आज २३.६० अंकको करेक्सन आएको हो। नेप्से परिसूचक २३.६० अंकले ओरालो लागेर २०४६.८१ विन्दुमा अडिएको छ।

    सेन्सेटिभ इण्डेक्स ४.९१ अंकले घटेको छ।यसदिन एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य १० प्रतिशतले बढेको हो। जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१५ प्रतिशतले घट्यो।

    आज २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ लाख ९४ हजार ७६ लाख २३ हजार ९९३ रूपैयाँमा खरिदबिक्री भयो। ३८ हजार ४१५ पटक सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ बढ्यो।

    मनु एन्ड प्रोको सेयर मूल्य सर्वाधिक ३ प्रतिशत बढिले घट्यो।माइक्रोफाइनान्सको मूल्य २.३४ प्रतिशतले ओरालो लाग्दा अदर्श र डेभलपमेन्ट बैंकको १ प्रतिशत बढिले घट्यो। म्युचुअल फण्ड र ट्रेडिङ उपसमूहको मूल्य क्रमश ०.७९ र ०.४० प्रतिशतले बढेको हो।


    सोमवार, फाल्गुण ८ २०७९०५:५६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij