काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुलले सैनिक आवासिय महाविद्यालयलाई १ - शुन्य गोलले पराजित गरी आफ्नो समिफाईनलको यात्रा सुनिश्चित गरेको छ ।
नेपाल एपीएफ स्कुलको तर्फबाट डम्बर वि.क ले १ गोल गरेका थिए । त्यसैगरी आज सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा लिटल एन्जल्स स्कुल ललितपुरले ब्लुम नेपाल स्कुललाई ३-२ को गोल अन्तरले पराजित गरेको छ ।
लिटल एन्जल्स स्कुलको तर्फबाट आयुष माझी, सुमन वि.क. र प्रज्जवल गुरुङ्गले १-१ गोल गरेका थिए भने ब्लुम नेपाल स्कुलको तर्फबाट राजकुमार रावलले २ गोल गरेका थिए ।
त्यसैगरि भोलि मंगलवार क्वाटर फाईनल चरणका खेलहरु हुने भएका छन् । जसअनुसार ल्याब्रेटोरी माध्यमिक विद्यालय र राराहिल मेमोरियल स्कुलबीच प्रतिष्पर्धा हुने भएको छ भने अर्को खेल नेपाल पुलिस स्कुल, साँगा र ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थबीच हुने भएको छ ।