Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अध्यागमन कार्यालयको सर्भर डाउन,अन्तर्राष्ट्रिय उडान ठप्प

अध्यागमन कार्यालयको सर्भर डाउन,अन्तर्राष्ट्रिय उडान ठप्प

  • सोमवार, फाल्गुण ८ २०७९

  • 276
    SHARES

  • अध्यागमन कार्यालयको सर्भर डाउन,अन्तर्राष्ट्रिय उडान ठप्प

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। केही समय पहिले पनि यस्तै समस्या बेहोरेको अध्यागमन कार्यालयमा आज पनि सर्भर डाउन भएको हो । सर्भर डाउन हुँदा सयौं यात्रु समस्यामा परेका छन् ।

    करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेपछि उडान प्रभावित भएको छ। अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो गरेका छन् ।

    सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका उडान प्रभावित हुँदा ४ सय बढी मर्कामा परेका छन्। नेपालको उडान प्रभावित हुँदा तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने सम्भावना बढेको छ ।


    सोमवार, फाल्गुण ८ २०७९०२:५६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij