Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

दूधको मूल्य १० रुपैयाँ बढाउने तयारी

दूधको मूल्य १० रुपैयाँ बढाउने तयारी

  • सोमवार, फाल्गुण ८ २०७९

  • 365
    SHARES

  • दूधको मूल्य १० रुपैयाँ बढाउने तयारी

    काठमाडौं। दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी सुरु भएको छ। उद्योगीहरुले दुधको मुल्य बढाउन यस्तो प्रस्ताव गरेका हुन्।

    दूधको मूल्य बढाउनका लागि दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन,डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको आग्रहअनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव राखेको छ।

    राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यबाहक कार्यकारी डा. बालक चौधरीले अहिले आफूहरुले मूल्य बढाउनका लागि मन्त्रालयलाई सिफारिस गरेको र मन्त्रालयले निर्णय गरेपछि मात्रै मूल्यवृद्धि लागू हुने बताउनुभयो ।

    ‘हामीले १० रुपैयाँ बढाउने भनेर कुषि तथा पशुपंक्षी मन्त्रालयलाई प्रस्ताव राखेका छौँ। अब मन्त्रालयले स्वीकृति दिएपछि दूधको मूल्य बढ्छ,’ उहाँले भन्नुभयो ।


    सोमवार, फाल्गुण ८ २०७९०१:४८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij