Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलियालाई दोस्रो टेष्टमा ६ विकेटले हराउँदै भारत विजयी

अष्ट्रेलियालाई दोस्रो टेष्टमा ६ विकेटले हराउँदै भारत विजयी

  • आइतवार, फाल्गुण ७ २०७९

  • 387
    SHARES

  • अष्ट्रेलियालाई दोस्रो टेष्टमा ६ विकेटले हराउँदै भारत विजयी

    काठमाडौं । घरेलु टोली भारतले अष्ट्रेलियालाई दोस्रो टेष्टमा ६ विकेटले पराजित गरेको छ ।

    अरुण जेट्ली क्रिकेट मैदानमा आईतबार (आज) सकिएको दोस्रो टेस्टमा जित हात पारेसँगै घरेलु टोलीले ४ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

    अष्ट्रेलियाले १ सय १५ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा चेतेश्वर पुजाराले अविजित ३१ रन बनाउँदा कप्तान रोहित शर्मा ३१ रनमा आउट भए । केएस भरतले २३ तथा विराट कोहलीले २० बनाए ।

    पाहुना टोलीका लागि नाथन लायनले २ तथा टोड मुर्फीले १ विकेट लिए । भारतलाई १ रनले पछि पारेर दोस्रो ईनिङ सुरु गरेको अष्ट्रेलियाले १ सय १३ रन मात्र बनाउन सकेपछि भारतले १ सय १५ रनको लक्ष्य पाएको हो । पहिलो ईनिङमा २ सय ६२ रनमा अलआउट भएको भारतले अष्ट्रेलियालाई दोस्रो ईनिङमा १ सय १३ रनमा रोक्न सफल भयो ।

    अष्ट्रेलियाका लागि दोस्रो ईनिङमा ट्राभिस हेडले ४३ तथा मार्नुस लाबुस्छानेले ३५ रन बनाए । अष्ट्रेलियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।भारतका लागि रविन्द्र जडेजाले १२।१ ओभरमा ४२ रन खर्चिएर ७ विकेट लिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए । दिल्लीमा शुक्रबारबाट सुरु भएको दोस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली २ सय ६३ रनमा अलआउट भएको थियो ।

    अष्ट्रेलियाका लागि पिटर ह्यान्डस्कम र उस्मान ख्वाजाले अर्धशतकीय ईनिङ खेलेका थिए । ख्वाजाले १ सय २५ बलमा १२ चौका र १ छक्काको सहयोगमा ८१ रन बनाएका थिए । पिटरले भने १ सय ४२ बलमा ९ चौकाको सहयोगमा ७२ रन बनाएका थिए । कप्तान प्याट कमिंस ३३ रनमा आउट हुँदा मार्नस लाबुस्छानेले १८ रन बनाए । डेबिड वार्नरले १५ रन बनाउँदा ट्राभिस हेडले १२ रन बनाए ।

    भारतका लागि मोहम्मद सामीले ४ तथा रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान ३र३ विकेट लिए । भारतले दोस्रो ईनिङमा २ सय ६२ रन मात्र जोड्न सफल भयो । भारतका लागि अक्षर पटेलले १ सय १५ बलमा ७४ रन बनाए । विराट कोहली ४४ रनमा आउट हुँदा रविचन्द्रन आश्विनले ३७ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाउँदा रविन्द्र जडेजाले २६ रन बनाए ।

    केएल राहुलले १७ रन बनाउँदा आफ्नो १ सयौं टेस्ट खेलिरहेका चेतेश्वर पुजारा भने शुन्य रनमा आउट भए । अष्ट्रेलियाका लागि नाथन लायनले २९ ओभरमा ६७ रन खर्चिएर ५ विकेट लिए । म्याथ्यु कुहेन म्यान र टोड मुर्फिले समान २र२ विकेट लिए ।

    भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट मार्च १ बाट रहेको छ ।


    आइतवार, फाल्गुण ७ २०७९०२:३६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij