Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • आइतवार, फाल्गुण ७ २०७९

  • 567
    SHARES

  • आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
    काठमाडौं । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आइतबार(आज) देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ। 

    प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो। 

    १०४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरेपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भएर प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। 

    २००० सालपछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरण भयो। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो। 

    फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ। दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ।


    आइतवार, फाल्गुण ७ २०७९०६:३३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij