Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सातौं एपीएफ स्कुल कप फुटबल : लिटिल एन्जल्स, ब्राईट होराईजन, नेपाल पुलिस र सैनिक स्कुल विजयी

सातौं एपीएफ स्कुल कप फुटबल : लिटिल एन्जल्स, ब्राईट होराईजन, नेपाल पुलिस र सैनिक स्कुल विजयी

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 806
    SHARES

  • सातौं एपीएफ स्कुल कप फुटबल : लिटिल एन्जल्स, ब्राईट होराईजन, नेपाल पुलिस र सैनिक स्कुल विजयी
    काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत दशौँ दिन सम्पन्न खेलहरूमा नेपाल पुलिस स्कुल, साँगाले वाक ‌ओभर पाएको छ । 
     
    त्यसैगरी आज भएको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले बेशिक लर्निङ्ग बोर्डिङ स्कुल, सतुङ्गललाई १४-० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । शैनिको तर्फबाट उज्ज्वल राईले ५ , दीपेश धुम्जनले ४, रोहित श्रेष्ठले २ र अफ्रोज वली, दीपक वि.क. र कृष्ण थापा मगरले १/१ गोल गरेका थिए । आज सम्पन्न  तेस्रो खेलमा लिटिल एन्जल्स स्कुल, ललितपुरले मोर्डन इन्डियन स्कुल, चोभारलाई ७-० ले पराजित गर्‍यो । 
     
    लिटिल एन्जल्सको तर्फबाट सुमन वि.क., आयुष माझी, टेन्जिङ्ग लामाले २/२ गोल गरेका थिए भने सन्तोष कार्कीले १ गोल गरेका थिए । त्यसै गरी आज सम्पन्न चौथो खेलमा ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुरलाई १-० ले पराजित गर्‍यो । ब्राईट होराईजनको तर्फबाट ज्योतिष बहादुर शाही र विनोद गुरुङले १-१ गोल गरेका थिए । 
     
    त्यसैगरी भोलि हुने लिग चरणका खेलहरूमा नेक्सस ईन्टरनेशनल एकेडेमी ललितपुरविरुद्ध पुष्पाञ्जली सेकेण्डरी स्कुल गोदावरी  तथा ब्लुम नेपाल स्कुल विरुद्ध ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थले प्रतिस्पर्धा गर्ने छन् । भोलि हुने तेस्रो खेलमा नाईटिङ्गल ईन्टरनेशनल स्कुल ललितपुरविरुद्ध बेशिक लर्निङ्ग बोर्डिङ स्कुल सतुङ्गल भिड्ने छन् ।
     


    शुक्रवार, फाल्गुण ५ २०७९०५:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij