Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले ३ विकेटले स्कटल्याण्डलाई हरायो

नेपालले ३ विकेटले स्कटल्याण्डलाई हरायो

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 592
    SHARES

  • नेपालले ३ विकेटले स्कटल्याण्डलाई हरायो

    काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शीर्ष स्थानको स्कटल्याण्डलाइ ३ विकेटले पराजित गरेको छ। दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा स्कटल्याण्ड पराजित भएको हो।

    दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए ।कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् ।

    दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।


    शुक्रवार, फाल्गुण ५ २०७९०५:१६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij