Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

चण्द्र भण्डारीको पहिलो अप्रेसन सफल : यस्तो छ,स्वास्थ्य अबस्था

चण्द्र भण्डारीको पहिलो अप्रेसन सफल : यस्तो छ,स्वास्थ्य अबस्था

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 522
    SHARES

  • चण्द्र भण्डारीको पहिलो अप्रेसन सफल : यस्तो छ,स्वास्थ्य अबस्था

    काठमाडौं। ग्यास विस्फोटमा घाईते नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो अप्रेसन सफल भएको छ ।बुधबार राति आफ्नै निवासमा खाना पकाउने एलपी ग्यास विस्फोटमा परि घाईते हुनुभएका नेता डा. भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा पहिलो पटक दुईवटा खुट्टाको अप्रेशन सफल भएको हो उहाँसंगै जानुभएका आफन्त माधब न्यौपानेले जानकारी दिनुभयो ।

    न्यौपानेका अनुसार दाँया खुट्टामा बाँयाको तुलनामा गहिरो घाउ रहेको छ। दोस्रो अप्रेशनबारे अहिले छलफल हुदैछ। छलफलपछी दोस्रो अप्रेशन पनि आजै गर्ने तयारी रहेको छ ।

    अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको न्यौपानेले जानकारी दिनुभयो। बुधबार राति भण्डारीको निवास बुद्धनगरमा ग्यास विस्फोट हुादा भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी पनि घाइते हुनुभएको थियो ।

    दुर्घटनालगत्तै घाईते भण्डारी आमाछोरालाई किर्तीपुर अस्पताल ल्याईएकोमा आमाको उपचारकै क्रममा हिजो निधन भएको थियो उहाँको आज दाहसस्कार गरिदै छ । डा. भण्डारीको अबस्था पनि जटिल भएपछि चिकित्सकहरुले थप उपचारका लागी मुम्बई रिफर गरेका हुन् ।


    शुक्रवार, फाल्गुण ५ २०७९०३:३१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij