Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एपीएफ स्कुल कप फुटबल : ग्रिन भिलेज विजयी, दुई खेल बराबरी

एपीएफ स्कुल कप फुटबल : ग्रिन भिलेज विजयी, दुई खेल बराबरी

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 604
    SHARES

  • एपीएफ स्कुल कप फुटबल : ग्रिन भिलेज विजयी, दुई खेल बराबरी
    काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार(आज) तिन खेलहरू सम्पन्न  भएका छन् । 
     
    आज भएको खेलमा डी.ए.भि स्कुल र नाईटिङ्गल ईन्टरनेशनल स्कुलले गोलरहित बराबरी खेलेका छन् भने लिटिल एन्जल्स र नेक्सस ईन्टरनेशनल स्कुलले १-१ गोलको बराबरी खेलेका छन्। 
     
    लिटिल एन्जल्सको तर्फबाट सुमन बि.क.ले १ गोल र  नेक्सस ईन्टरनेशनल स्कुलको तर्फबाट कृष्ण आलेले १ गोल गरेका थिए । 
     
    त्यसैगरी आजै भएको खेलमा ग्रिन भिलेज सेकेण्डरी स्कुलले हारति शिक्षा मन्दिरलाई १-० को झिनो अन्तरले पराजित गर्‍यो । ग्रिन भिलेज सेकेण्डरी स्कुलको तर्फबाट मिलन पुनले निर्णायक गोल गरेका थिए । 
       
    त्यसैगरी भोलि हुने लिग चरणका खेलहरूमा नेपाल पुलिस स्कुल साँगाविरुद्ध पुष्पाञ्जली सेकेण्डरी स्कुल गोदावरी तथा सैनिक आवासीय महाविद्यालय सल्लाघारीविरुद्ध बेशिक लर्निङ्ग बोर्डिङ स्कुल सतुङ्गल खेल्ने छन् । 
     
    भोलि नै हुने खेलमा मोर्डन इन्डियन स्कुल चोभारविरुद्ध लिटिल एन्जल्स स्कुल ललितपुर तथा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरविरुद्ध ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थ प्रतिस्पर्धा गर्ने छन् ।
     


    बिहिवार, फाल्गुण ४ २०७९०५:२८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij