Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

माघमा थपियो २५ अर्ब निक्षेप, पुसमा भन्दा ७० अर्ब कम

माघमा थपियो २५ अर्ब निक्षेप, पुसमा भन्दा ७० अर्ब कम

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 302
    SHARES

  • माघमा थपियो २५ अर्ब  निक्षेप, पुसमा भन्दा ७० अर्ब कम

    काठमाडौ। वाणिज्य बैंकहरुमा माघ महिनामा जम्मा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

    गत पुस महिनामा मात्रै ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।पुसको तुलनामा माघ महिनामा निक्षेपको वृद्धिमा केही संकुचन देखिएको छ। त्यस्तै सो महिनामा कर्जा प्रवाह जम्मा १२ अर्ब बढेको छ।

    पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ। पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरुको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत छ।


    बिहिवार, फाल्गुण ४ २०७९०३:४३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij