Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालाजुमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड  आगजनीमा संलग्न ६ जना पक्राउ

बालाजुमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड  आगजनीमा संलग्न ६ जना पक्राउ

  • बुधवार, फाल्गुण ३ २०७९

  • 418
    SHARES

  • बालाजुमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड  आगजनीमा संलग्न ६ जना पक्राउ
    काठमाडौं । काठमाडौँको बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । 
     
    बुधबार(आज) जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत अभियुक्तहरूलाई सार्वजनिक गरेका हो ।  जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले सोमबार भएको आन्दोलनका क्रममा तोडफोड गर्ने उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो। 
     
    पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष् खड्का रहेका छन् । 
     
    पक्राउ परेकाहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।  सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
    1.jpg2.jpg3.jpg


    बुधवार, फाल्गुण ३ २०७९०५:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij