Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईसीसी विश्वकप क्रिकेट : नेपालले नामिबियालाई हरायो

आईसीसी विश्वकप क्रिकेट : नेपालले नामिबियालाई हरायो

  • मंगलवार, फाल्गुण २ २०७९

  • 428
    SHARES

  • आईसीसी विश्वकप क्रिकेट : नेपालले नामिबियालाई हरायो

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई हराएको छ ।

    टियु क्रिकेट मैदानमा मंगलबार नेपालले नामिबियालाई २ विकेटले हराएको हो । नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो ।

    टियु मैदान किर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको छ । २ सय ८६ रनको लक्ष्य नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

    भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय रनको शतकीय ईनिङ खेले । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो ।

    टी९ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् । यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए । कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।

    कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । रोहितले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीप जोराले २४ बलमा २८ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २५ बनाए । करण केसीले १२ बलमा २० रनमा बनाए । सन्दीप लामिछाने गोल्डेन डग आउट भए ।

    रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३३ विकेट लिए । यो नेपालले भेटेको सबैभन्दा ठूलो लक्ष्य हो । यस अघि यूएईले दिएको २ सय ५४ रनको लक्ष्य नेपालले भेटेको थियो ।

    त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए । उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । जान ग्रिनले ३४ रन बनाएका थिए ।

    नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । करणको यो एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तराष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन् ।

    सन्दीप लामिछानेले ३ विकेट लिए । छ महिना पछि मैदान फकिैएका लामिछानेले ६६ रन खर्चिएका थिए । सोमपाल कामी र कुशल मल्लले समान १र१ विकेट लिए ।

    सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


    मंगलवार, फाल्गुण २ २०७९०५:०१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij