Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आन्दोलनमा लुटपाट र आगजनी मच्चाउनेलाई तत्काल कारबाही गर : गृहमन्त्रालय

आन्दोलनमा लुटपाट र आगजनी मच्चाउनेलाई तत्काल कारबाही गर : गृहमन्त्रालय

  • मंगलवार, फाल्गुण २ २०७९

  • 372
    SHARES

  • आन्दोलनमा लुटपाट र आगजनी मच्चाउनेलाई तत्काल कारबाही गर  : गृहमन्त्रालय

    काठमाडौं। गृहमन्त्रालयले हिजो काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लुटपाट र आगजनीमा संलग्न आन्दोलनकारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ। गृहले हिजो यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्ने र आगजनी गर्न कार्यमा संलग्नहरुलाई पक्राउ गरी कारबाही चलाउन निर्देशन दिएको हो ।

    गृह सचिव बिनोद सिंहले आज काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिनुभएको हो। यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि ल्होत्से मलमा लुटपाट चलेको थियो ।

    प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देशन गरेको छ।

    हिजो भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ।


    मंगलवार, फाल्गुण २ २०७९०१:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij