Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

फेरी बन्द भयो हेटौँडा सिमेन्टको उत्पादन

फेरी बन्द भयो हेटौँडा सिमेन्टको उत्पादन

  • मंगलवार, फाल्गुण २ २०७९

  • 281
    SHARES

  • फेरी बन्द भयो हेटौँडा सिमेन्टको उत्पादन

    काठमाडौं। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ। उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो।

    कोइला आपूर्तिका लागि प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्नेगरि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ।

    भारत, इन्डोनेसिया, भुटान तथा पाकिस्तानबाट एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने व्यवस्थापनले जनाएको छ। विगतमा लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको थियो, अहिले फेरि कोइला अभावले बन्द भएको हो ।

    दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा अहिले सोही अनुसार उत्पादन हुन सकेको छैन। विसं २०३३ मा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएको उद्योग विगत चार वर्षदेखि घाटामा रहेको व्यवस्थापन बताउँछ ।


    मंगलवार, फाल्गुण २ २०७९०१:०२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij