Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आन्दोलनका क्रममा हिजो ८ देखी १० करोड बढीको मोबाइल लुटियो

आन्दोलनका क्रममा हिजो ८ देखी १० करोड बढीको मोबाइल लुटियो

  • मंगलवार, फाल्गुण २ २०७९

  • 385
    SHARES

  • आन्दोलनका क्रममा हिजो ८ देखी १० करोड बढीको मोबाइल लुटियो

    काठमाडौं। यातायात मजदुरहरुले गरेको आन्दोलनका क्रममा हिजो काठमाडौंका मोबाइल पसलमा भएको आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको छ।

    हिजो आन्दोलनकारीहरुले माछापोखरी र नयाँबसपार्क क्षेत्रमा तीन ठाउँका मोबाइल पसलमा लुटपाट गरेका थिए। हिजो बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो ।

    नेपाल मोबाइल व्यवसायी संघले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकत्रित भएका छन्। आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउने बताएका छन्।


    मंगलवार, फाल्गुण २ २०७९१२:२७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij