Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाई एमालेमै हो की छोडेको हो ?

दुर्गा प्रसाई एमालेमै हो की छोडेको हो ?

  • मंगलवार, फाल्गुण २ २०७९

  • 604
    SHARES

  • दुर्गा प्रसाई एमालेमै हो की छोडेको हो ?

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर राष्ट्र बचाउ अभियान सुरु गरेपछि एमाले भित्र उहाँको बारेमा चर्चा हुन थालेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीका अति प्रिय पात्र मानिने प्रसाईले एमालेको निर्णय र विचार विपरितको अभियान सुरु गरेपनि ओलीले भने उहाँका बारेमा कुनै प्रतिक्रिया दिनु भएको छैन ।

    तर एमालेका कतिपय नेताहरुले भने उहाँलाई एमालेबाट निस्कासन गर्नु पर्ने वा उहाँले त्यस्ता गतिविधि छोड्नु पर्ने तर्क गरेका छन् । एमालेको विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पूर्व राजासहितको अभियान सुरु गरेपछि प्रसाई एमालेमै रहन नमिल्ने दावी गर्नुभयो ।

    “एमालेको केन्द्रीय सदस्य नै भएर उहाँले यस्तो गर्न मिल्दैन, उहाँले एमाले छाडिसक्नु भयो,” नेपाली रेडियो नेटवर्कसँग नेता भट्टराईले भन्नुभयो ।

    नेता प्रसाईले के बुझेर एमाले पस्नु भयो र अहिले के बुझेर यस्तो गर्दै हुनुुहन्छ भन्ने बारेमा आफूहरुलाई नै जानकारी नभएको भट्टराईको भनाई छ ।

    नेता भट्टराईले अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाई एमालेमै रहन नसक्ने दावी गरेपनि उहाँलाई पार्टीबाट निस्कासन वा निलम्वन गरिएको सार्वजनिक भएको छैन । त्यसैगरी प्रसाईले पनि एमाले परित्याग गरेको घोषणा गर्नु भएको छैन ।

    फागुन १ गते हिजो प्रसाईले मेचीपूलमा भव्य कार्यक्रमको आयोजना गरी पूर्व राजा शाह, छोरा पारससहितको उपस्थीतिमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान सुरु गर्नु भएको छ ।


    मंगलवार, फाल्गुण २ २०७९०९:५६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij