काठमाडौं। सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा आज सोमबार पनि ३ खेलहरु भएका छन्। प्रतियोगिताको छैठौ दिन आज भएका खेलहरुमा ल्याब्रेटोरी स्कुल, राराहिल स्कुल र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले जित हात पारेका छन्।
राराहिलले ग्रिन भिलेज सेकेण्डरीलाई १ शुन्यले पराजित गर्यो। राराहिलको तर्फबाट मनोज वलिले गोल गरेका थिए। यस्तै ग्रिन भिलेज एजुकेशन फाउण्डेसनले क्रियटिभ स्कुल माथि ४, शुन्यको जित हात पार्यो। फाउण्डेशनको तर्फबाट सुविन्द्र बम, अरविन्द्र थापा दिपेश विष्ट र सोप्निल बस्नेतले एक एक गोल गरे।
त्यस्तै आजै भएको ल्याब्रेटोरी स्कुलले नाईटिङ्गेल स्कुल माथि ८ शुन्यको फराकिलो जित हात पार्यो। ल्याब्रेटोरीको तर्फबाट रविन बम्जन ४, आकर्षण खत्री २ रितिक फडेरा र विष्णु चन्दले एकएक गोल गरेका थिए।
त्यसैगरी भोली सातौं दिन हुने लिग चरणका खेलहरुमा हारति शिक्षा मन्दिर स्वयम्भु विरुद्ध राराहिल मेमोरियल स्कुल, कीर्तिपुरले प्रतिस्पर्धा गर्दा ग्रिन भिलेज सेकेण्डरी कीर्तिपुर विरुद्ध नेपाल एपीएफ स्कुल, कीर्तिपुरले खेल्नेछ भने नेपाल पुलिस स्कुल साँगा विरुद्ध नेक्सस ईन्टरनेशनल एकेडेमी ललितपुरले प्रतिस्पर्धा गर्नेछ।