काठमाडौं। भारतीय विदेश सचिव विनय मोहन क्वात्रा नेपाल आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणका लागि आज विदेश सचिव क्वात्रा नेपाल आएका हुन् ।
नेपाल बसाईको क्रममा क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सचिव क्ववात्रा आज नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् ।त्यसपछि उनले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने र आजै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय छ ।
भोली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।