काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ दिन आज भएका खेलमा नेपाल पुलिस स्कुल, नेक्सस ईन्टरनेशनल एकेडेमी र डि.ए.भि. स्कुल विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न लिग चरणका खेलहरुमा नेक्सस ईन्टरनेशनल एकेडेमीले मोडन ईन्डियन स्कुललाई ४(० गोल अन्तरले पराजित गरेको थियो ।
उक्त खेलमा नेक्सस ईन्टरनेशनल एकेडेमीको तर्फबाट अनिष थापा मगर १, कृष्ण आले १, किशोर कुमार दनुवार १, र अस्विन्त कुङ्गेनाम १ गोल गरेका थिए। त्यसैगरी आज सम्पन्न भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल सँगाले लिटिल एन्जस्स स्कुललाई ४(३ गोल अन्तरले पराजित गरेको थियो ।
जसमा पुलिस स्कुलको तर्फबाट लक्ष्मण थामि २, निश्चल मगर १ र पदम चौलागाईले १ गोल गरेका थिए भने लिटिल एन्जल्सको तर्फबाट सन्तोष कार्की १ टेन्जिङ्ग नोर्साङ्ग लामा १ र आयुष माझिले १ गोल गरेका थिए ।
त्यसैगरी आज सम्पन्न तेस्रो खेलमा डि.ए.भि. स्कुल ललितुरले बेशिक लर्निङ्ग बोर्डिङ्ग स्कुल सतुङ्गललाई १(० को झिनो अन्तरले पराजित गरेको थियो । जसमा डि.ए.भि. स्कुलको तर्फबाट सुधारकर घिमिरेले गोल गरेका थिए।
त्यसैगरी भोली हुने लिग चरणका खेलहरु यसपकार छन्ः
१) गिन् भिलेज सेकेण्डरी स्कुल, कीर्तिपुर विरुद्ध राराहिल मेमोरियल स्कुल, कीर्तिपुर ।
२) ग्रिन भिलेज एजुकेशन फाउण्डेसन, कीर्तिपुर विरुद्ध क्रियटिभ एकेडेमी कीर्तिपुर।
३) ल्याब्रेटोरी माध्यमिक विद्यालय, कीर्तिपुर विरुद्ध नाईटिङ्गल ईन्टरनेशनल स्कुल, ललितपुर ।