Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपालको अर्थतन्त्रमा अपेक्षित प्रगति हुन सकेन, अर्थविद् भन्छन्—अर्थका सूचक खराब अवस्थामा छन् (खास खबर)

नेपालको अर्थतन्त्रमा अपेक्षित प्रगति हुन सकेन, अर्थविद् भन्छन्—अर्थका सूचक खराब अवस्थामा छन् (खास खबर)

  • आइतवार, माघ २९ २०७९

  • 356
    SHARES

  • नेपालको अर्थतन्त्रमा अपेक्षित प्रगति हुन सकेन, अर्थविद् भन्छन्—अर्थका सूचक खराब अवस्थामा छन् (खास खबर)
    काठमाडौं । नेपालको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएपनि अपेक्षित प्रगति हुन सकिरहेको छैन । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि मुलुकले अनेकन् समस्या व्यहोर्दै आइरहेको छ । अर्थतन्त्रका सूचकहरू कमजोर बन्दै गएका छन् भने तरलता कायम रहेको छ । भूकम्पले शरीरमा लागेको माटो टकटकिन नपाउँदै भारतले गरेको नाकाबन्दीले मुलुकले खर्बौँ घाटा व्यहोर्नुपरेको थियो । क्रमशः कोरोनाबाट थिलथिलिएको अर्थतन्त्र, पर्यटनले पनि अझै गति लिन सकेको छैन । मुलुकमा बेरोजगारी समस्या बढ्दै गएको छ भने राज्यको ढुकुटी रित्तिँदै गएको अवस्था छ । यतिबेला विप्रेषणको भरमा राज्य चलाउनुपर्ने बाध्यता आइलागेको छ । 
     
    यसैबीच, सरकारले चालु आर्थिक वर्षको बजेटको आकार पनि घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो । तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झार्नुभएको छ । उहाँले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाउनुभएको हो । आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताउनुभएको छ । त्यस्तै पुँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा झारिएको छ । सरकारी खर्चपनि १४ प्रतिशतले कम हुने पौडेलको भनाइ छ । 
     
    उहाँले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने पनि बताउनुभएको छ । पर्यटन क्षेत्रमा केही सुधार भएपनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने पौडेलको दाबी छ । आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि खराब सूचकहरूलाई बिस्तारै सकारात्मक सर्किटमा ल्याउन थालेको उहाँको भनाइ छ । 
     
    धान उत्पादन गतवर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताउनुभयो । बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७ दशमलव २६ पुगेको उहाँले बताउनुभयो । कोरोना जोखिम र मुलुकमा हुने हवाई दुर्घटनाका कारण विदेशी पर्यटक नेपाल आउने दर घटेको छ । विदेशी पाहुनालाई आकर्षित गर्ने गतिविधि नहुँदा पनि मुलुकको अर्थतन्त्रमा वृद्धि हुन सकेको छैन । 
     


    आइतवार, माघ २९ २०७९०८:०८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij