काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन सम्पन्न खेलहरूमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले डी.ए.भि. स्कुल, ललितपुरलाई ८-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । उक्त खेलमा सैनिक स्कुलको तर्फबाट अनुभव पुरीले ३, रोहित श्रेष्ठले २, किसन थापाले, उज्ज्वल राईले १/१ गोल गरेका थिए भने एक आत्मघाती गोल गरेका थिए।
त्यसैगरी आज सम्पन्न भएको दोस्रो खेलमा ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थले क्रियटिभ एकेडेमी कीर्तिपुरलाई ६-० को गोल अन्तरले पराजित गरेको थियो । जसमा ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थको तर्फबाट सन्देश महतराले ३ ,दावा शेर्पा, चक्रसिंह मनिया र सतिस शाहीले १/१ गोल गरेका थिए । आजै सम्पन्न तेस्रो खेलमा ल्याब्रेटोरी माध्यमिक विद्यालय, कीर्तिपुरले १७-० को फराकिलो गोल अन्तरले बेशिक लर्निङ्ग बोर्डिङ स्कुल, सतुङ्गललाई पराजित गरेको छ ।
त्यसैगरी भोलि मिति हुने लिग चरणका खेलहरूमा मोडल इन्डियन स्कुल, चोभार विरुद्ध नेक्सस ईन्टरनेशनल एकेडेमी तथा नेपाल पुलिस स्कुल साँगा विरुद्ध ब्राईट लिटल एन्जल्स स्कुल, ललितपुर भिड्ने छन् । यस्तै डी.ए.भि. स्कुल, ललितपुर विरुद्ध बेशिक लर्निङ्ग बोर्डिङ स्कुल, सतुङ्गलले भोलि नै प्रतिस्पर्धा गर्ने खेलकुद संयोजक राजकुमार प्याकुरेल जानकारी दिनुभएको छ ।