काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले गठबन्धनमा भएको पूर्व सहमती नतोडिने बताउनुभएको छ ।
अहिलेसम्म जे सहमती भएका थिए ति सबै भइरहेको बताउँदै नेता बिडारीले राष्ट्रपति भनेको राष्ट्रिय गरिमाको पद, राष्ट्रिय एकताको प्रतिकको पद भएकाले यो पद साझा र राष्ट्रिय सहमतीमा हुनुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सोच र विचारसकारात्मक रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले पुस १० गते पनि राष्ट्रपतिमा एमालेले जुन व्यक्ति भन्छ सोहि व्यक्ति राष्ट्रपति बनाउने सहमती नभएको स्पष्ट पार्नुभयो ।
काग्रेसले नाइ भन्न नसक्ने माओवादीले प्रश्न उठाउन नपाउने र एमालेले प्रस्तावै गरोेस तर त्यो व्यक्ति योग्य र गणतन्त्रको रक्षक व्यक्ति नै हुनुपर्ने बताउँदै राष्ट्रपति साझै बनाउने र सर्व स्विकार्य बनाउने सहमती भएको उहाँको भनाइ छ । सहमती नतोडिएरै अहिलेको सत्तागठबन्धन निरन्तर रहने पनि नेता बिडारीको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने र सभापति रवि लामिछानेलाई फेरि गृह मन्त्रालय नै दिनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बेइमानी र राष्ट्रघाती कुरा भएको नेता बिडारीको आरोप रहेको छ ।