नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीभित्र राष्ट्रपति कस्लाई बनाउने भन्नेबारे छलफल भइनसकेको बताउनुभएको छ ।
पार्टीभित्र योग्य, जिम्मेवारी पूरा गर्न सक्ने व्यक्तिहरु धेरै रहेको बताउँदै सचिव अर्यालले अव छिट्टै छलफल र प्रक्रिया पु¥याइ तिनै योग्य व्यक्तिहरुबिच उपयुक्त व्यक्ति छनौट गरिने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव अर्यालले पार्टीभित्र भने उम्मेदवारमा कुनै मतभेद नभइ सहमतीमा छनौट गरिने स्पष्ट पार्नुभयो ।
पार्टीले जे निर्णय गर्छ सोहि निर्णय सर्वसम्मत हुने सचिव अर्यालले दोहो¥याउनुभयो । गठबन्धनमा भएको पूर्वसहमती अनुसार राष्ट्रपनि एमालेले नै पाउने पनि अर्यालको दावी छ ।
गठबन्धनमा खटपट भन्ने समाचार आइरहेको प्रसंगमा पूर्वमन्त्री समेत रहनुभएकी अर्यालले खटपट नभइ अझ हार्दिकता बढेको स्पष्ट पार्नुभयो ।
सुदुरपश्चिममा विश्वासको मत दिन्छु भनेर पछि अन्तिम दिनमा आएर बैठक मै उपस्थित नभई सरकार ढालेको नागरिक उन्मुक्ती पार्टीले राखेका मागहरु अस्वभाविक रहेको अर्यालको भनाइ छ । विधि, कानुन र प्रक्रिया मिचेर नाउपाले भन्नासाथ ती अस्वभाविक मागहरु पूरा गर्न नसकिने पनि अर्यालले स्पष्ट पार्नुभयो ।