Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पूर्वसहमति अनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्छ : कर्णबहादुर थापा

पूर्वसहमति अनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्छ : कर्णबहादुर थापा

  • शुक्रवार, माघ २७ २०७९

  • 475
    SHARES

  • पूर्वसहमति अनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्छ : कर्णबहादुर थापा

    काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थनबिना कुनै पनि सरकार नचल्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएको थापाले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सभामा कुनै पार्टीको बहुमत छैन । नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ । उसको समर्थनबिना कुनै पनि सरकार नचल्ने देखिएको छ । एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि संविधानतः ठूलो दलको हैसियतले कांग्रेसको सरकार गठन भएको छ । तर उसलाई पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि नयाँ सरकार चल्ने स्थिति छैन ’ ।

    राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिनु अस्थिर राजनीतिक मनस्थितिको उपज भएको नेता थापाको टिप्पणी छ । नागरिक उन्मुक्ति पार्टीले नयाँ सरकारलाई पनि विश्वासको मत नदिए मध्यावधि चुनावमा जानुपर्ने बाध्यता सिर्जना हुने उहाँले बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता थापाले राष्ट्रपति नेकपा एमालेलाई दिने समझदारीको पालना नगर्नु राजनीतिलाई उल्टो बाटोमा लैजानु भएको बताउनुभयो । एमालेलाई राष्ट्रपति दिने गठबन्धनभित्रको पूर्वसहमति भएकाले एमलेले नै राष्ट्रपति पाउनुपर्ने उहाँले दावी गर्नुभयो ।

     


    शुक्रवार, माघ २७ २०७९१०:२९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij