Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्कुल कप आमन्त्रित फुटबलमा ल्याब्रेटोरी माध्यमिक विद्यालयको सानदार जित

स्कुल कप आमन्त्रित फुटबलमा ल्याब्रेटोरी माध्यमिक विद्यालयको सानदार जित

  • बिहिवार, माघ २६ २०७९

  • 584
    SHARES

  • स्कुल कप आमन्त्रित फुटबलमा ल्याब्रेटोरी माध्यमिक विद्यालयको सानदार जित

    काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न खेलहरूमा ल्याब्रेटोरी माध्यमिक विद्यालयले डी.ए.भि. स्कुल ललितपुरलाई १४-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ। उक्त खेलमा ल्याब्रेटोरी स्कुलको तर्फबाट रवि बमजनले ६, निशान भट्टराईले ५, विज्ञान खड्काले २ र १ आत्मघाती गोल गरेका थिए।

    त्यसैगरी आज भएको दोस्रो खेलमा ग्रिन भिलेज एजुकेसन फाउण्डेशन स्कुल कीर्तिपुर र ब्लुम नेपाल स्कुल ललितपुरले ३-३ गोलको बराबरी खेलेका छन् । उक्त खेलमा ग्रिन भिलेज एजुकेसन फाउण्डेशनको तर्फबाट सोप्निल बस्नेत, अर्बिन थापा, र प्रत्युश हमालले १/१ गोल गरे भने ब्लुम नेपाल स्कुलको तर्फबाट गगनराज मल्ल, राजकुमार रावलले १/१ गोल गरे । १ आत्मघाती गोल भएको थियो ।

    अब भोलि हुने लिग चरणका खेलहरूमा नेपाल पुलिस स्कुल साँगाविरुद्ध मोडल इन्डियन स्कुल चोभार तथा लिट्ल एन्जलस स्कुल ललितपुरविरुद्ध पुष्पाञ्जली माध्यमिक विद्यालय गोदावरीले प्रतिस्पर्धा गर्ने छन् ।


    बिहिवार, माघ २६ २०७९०४:३९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij