काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिको निर्वाचनका लागि अहिले सबैभन्दा बढि बहुमत भएको पार्टी कांग्रेस रहेको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेसका प्रमूख सचेतकसमेत रहनुभएका लेखकले संघीय संसदमा सबैभन्दा ठुलो संख्या रहेको, देशभरको प्रतिनिधिसभामा अगाडि र पहिलो पार्टी भएकाले पनि अन्य पार्टीको तुलनामा कांग्रेस योग्य र बहुमतमा भएको स्पष्ट पार्नुभयो ।
कुनै पनि पार्टीलाई एकल बहुमत नपुग्ने बताउँदै नेता लेखकले मतभारका हिसावल कांग्रेसको बहुमत पुग्ने र पाउनुपर्ने दोहो¥याउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो मतभार १६ हजार धेरै छ, दोस्रो एमालेको मतभार १५ हजार र तेस्रो शक्तीका रुपमा रहेको माओवादी केन्द्रको मतभार ७ हजार छ । त्यसकारण निर्वाचन मण्डलमा सबैभन्दा धेरै जस्को हातमा छ, त्यो पार्टीले राष्ट्रपतिमा आखा नलगाए कस्ले आखा लगाउने त भन्दै प्रश्न समेत गर्नुभयो । ’
एमाले र माओवादीबीच राष्ट्रपतिमा सहमती भएको प्रसंगमा नेता लेखकले राजनीतिक र तथ्याङकका हिसावले आफूहरु नै ठुलो भएकाले एमाले र माओवादीबीचको सहमतीले केहि फरक नपार्ने बताउनुभयो ।
एमालेको समर्थन र सहयोगमा सरकार चल्ने, एमाले कै समर्थनमा राष्ट्रपति पनि हुने हो भने मुलुकमा जुनसुकै बेला पनि प्रतिनिधिसभा विघठन हुने, संविधानमा घात हुने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था धरापमा पर्ने र मुलुक अन्यौल र अनिश्चिततातर्फ जाने खतरा भएकाले संविधान र व्यवस्थालाई जोगाउनलाई पनि कांग्रेस राष्ट्रपतिमा आउनै पर्ने नेता लेखकको दावी रहेको छ ।