Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

  • बुधवार, माघ २५ २०७९

  • 525
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।
     
    बुधबार(आज) सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रमुख सामन्थाले प्रधानमन्त्री  प्रचण्डसँग भेट गर्नुभएको हो ।
     
    भेटका क्रममा उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिनुभयो ।
     
    उहाँले यसअघि हिजो परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
     
    दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आइपुगेकी उहाँ आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
     
    स्वदेश फर्किनुअघि आज साँझ उहाँले पत्रकार सम्मेलन गर्नुहुने छ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आउनुभएको हो ।
     
    अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुनुहुन्छ ।
     


    बुधवार, माघ २५ २०७९०५:०७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij