Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कहिले हुन्छ चितवन क्षेत्र नम्बर २ मा निर्वाचन ?

कहिले हुन्छ चितवन क्षेत्र नम्बर २ मा निर्वाचन ?

  • मंगलवार, माघ २४ २०७९

  • 742
    SHARES

  • कहिले हुन्छ चितवन क्षेत्र नम्बर २ मा निर्वाचन ?

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताउनुभएको छ ।

    मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उहाँको भनाइ छ । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उहाँले बताउनुभयो ।

    नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने भन्दै प्रमुख आयुक्त थपलियाले त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्ने जानकारी दिनुभयो ।

    आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर काम सुरु गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।


    मंगलवार, माघ २४ २०७९०६:१२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij