Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज कारोबार रकम डेढ अर्ब नजिक मात्रै

नेप्सेमा आज कारोबार रकम डेढ अर्ब नजिक मात्रै

  • सोमवार, माघ २३ २०७९

  • 264
    SHARES

  • नेप्सेमा आज कारोबार रकम डेढ अर्ब नजिक मात्रै

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०।४४ प्रतिशतले बढेर ४०२.०१ विन्दुमा अडिएको छ।

    आज २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँमा खरिदबिक्री भयो। कारोबार रकम हिजोको तुलनामा घटेको हो। हिजो नेप्से १.५४ अंकले बढेर १ अर्ब ९३ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    आज २९ हजार ८४६ पटक सेयर कारोबार भयो। सामान्य अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो।

    सो बैंकको ६ करोड ४५ लाख ७३ हजार ६१ रूपैयाँको सेयर कारोबार भयो।युनिभर्सल पावर कम्पनीको ५ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड मूल्य बढिको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे।कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६ वटाको घटेको छ ।


    सोमवार, माघ २३ २०७९०३:३९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij