Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदै, माओवादी केन्द्रकी अर्याल निर्विरोध

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदै, माओवादी केन्द्रकी अर्याल निर्विरोध

  • सोमवार, माघ २३ २०७९

  • 567
    SHARES

  • राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदै, माओवादी केन्द्रकी अर्याल निर्विरोध
    काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ । राष्ट्रिय सभाको बैठक आज मध्याह्न १२ बजेलाई बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
     
    राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालकोमात्र प्रस्ताव दर्ता भएकाले उपाध्यक्षमा अर्याल निर्विरोध हुनुहुने छ । उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुनुहुने भएको हो ।
     
    अर्याल प्रस्तावकमा माओवादी नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा छन् । राष्ट्रियसभाको आज बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गर्नुपर्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने विषय समेटिएको छ ।  
     
    लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । राष्ट्रिय सभामा उहाँ मधेस प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त छ ।
     


    सोमवार, माघ २३ २०७९०९:२९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij