Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृह र रास्वपाको आडमा अन्य केहि चलखेल भइरहेको हुन सक्छ : सन्तोष परियार

गृह र रास्वपाको आडमा अन्य केहि चलखेल भइरहेको हुन सक्छ : सन्तोष परियार

  • आइतवार, माघ २२ २०७९

  • 560
    SHARES

  • गृह र रास्वपाको आडमा अन्य केहि चलखेल भइरहेको हुन सक्छ : सन्तोष परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले रास्वपा र गृह मन्त्रालयको आडमा कतै केहि चलखेल भइरहेको हो की भन्ने आशंक व्यक्त गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका परियारले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो धारणा र विचार बुझ्दा अहिले गृह मन्त्रालय र रास्वपाको कुराले मात्रै गठबन्धनमा बहस, छलफल भैरहेको र यहि विषयमा मात्रै आजको राजनीतिक अडिएको भन्ने नलागेको स्पष्ट पार्नुभयो ।

    जिम्मेवारीपूर्वक राजनीतिक गर्छौ भनेर आएको बताउँदै सांसद परियारले आफूहरुलाई बहसको केन्द्रमा राखेर अन्य राजनीतिक घटनाक्रम हुन्छ भने टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो । यस्तै सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न आज पनि पार्टीको बैठक बस्दैछ । आजको बैठकमा निर्णायक छलफल गर्ने परियारले बताउनुभयो ।

    बैठक बिहान साढे ११ बजे बस्ने छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै गुमेको गृह मन्त्रालय पुनः पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको माग छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा सभापति रवि लामिछानेको राहदानी विवाद छानबिनको विषय बनेकाले अस्वीकार गर्दै आउनु भएको छ ।


    आइतवार, माघ २२ २०७९०८:३१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij