Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सवारीका साधन चलाउदा यस्ता छन् सुरक्षा मापदण्ड

सार्वजनिक सवारीका साधन चलाउदा यस्ता छन् सुरक्षा मापदण्ड

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.5K
    SHARES

  • सार्वजनिक सवारीका साधन चलाउदा यस्ता छन् सुरक्षा मापदण्ड

    काठमाडौं । शुक्रबारदेखि लामो, मध्यम र छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदैछन् ।

    यातायात व्यवसायी र मजदूरको संयुक्त कार्यदलले आज यातायात मजदुर र यात्रुले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ ।
    कार्यदलद्धारा जारी विज्ञप्तिमा यात्रुलाई यात्रा सुरु गर्नुअघि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र यात्रुले यात्राभर अनिवार्य मास्क लगाउनुपर्ने उल्लेख छ ।
    त्यस्तै, चालक, सहचालक, परिचालक, बुकिङ कर्मचारीलगायत यातायात मजदुरले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजरलगायत स्वास्थ्य सुरक्षाका उपकरण अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ ।

    ६ महिनापछि लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन लागेका हुन् । यसमा जोर–बिजोर प्रणाली लागु हुने छैन ।

    त्यसैगरी, वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत् मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् ।

    आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भए पनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेरसमेत उडान सम्भव नभएको अडान दोहो¥याएका छन् ।

    मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउनेगरी सहमति गर्न प्रस्ताव गरेको छ ।

    तर, व्यवसायीले भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।

     


    बुधवार, भाद्र ३१ २०७७०७:४८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij