काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गर्नुभएको छ। आज बिहान पर्यटनमन्त्री किराँती विमानस्थल पुगेर अनुगमन गर्नुभएको हो ।
यसअघि गत माघको पहिलो साता पनि उहाँले विमानस्थलको अनुगमन गर्दै शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित राख्न निर्देशन दिनुभएको थियो ।
सो निर्देशन पालना भए नभएको बुझ्न मन्त्री किराँतीले आज पुन विमानस्थलको अवलोकन गर्नुभएको हो ।