Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संविधानको रक्षा गर्न पनि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्छ : चिनकाजी श्रेष्ठ

संविधानको रक्षा गर्न पनि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्छ : चिनकाजी श्रेष्ठ

‘राष्ट्रपतिमा कांग्रेस योग्य’
  • शनिवार, माघ २१ २०७९

  • 456
    SHARES

  • संविधानको रक्षा गर्न पनि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्छ : चिनकाजी श्रेष्ठ

    काठमाडौं । नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले राष्ट्रपतिमा कांग्रेस नै हुनुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भन्नुभयो, ‘सरकारको नेतृत्वमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, प्रतिनिधिसभामा एमालेका सभामुख एमालेबाट हुनुहुन्छ । अब दुई वटा प्रमूख दलहरुको नेतृत्वमा सरकार र व्यवस्थापिका छ भने अब राष्ट्रपतिमा कांग्रेसलाई दिदाखेरी तीनवटा ठुला शक्तीहरुको बिचमा सहकार्य र समझदारी गर्न सजिलो हुन्छ भन्नु मुल मान्यता हो ।'

    यस्तै नेता श्रेष्ठले संविधानलाई सहि रुपमा कार्यान्वयन गर्नका लागि एमाले जिम्मेवार, संवेदनशील छ भने कांग्रेसलाई पनि साथमा लिएर हिड्न सक्ने शक्ती र विचार हुनुपर्नेमा जोड दिनुभयो ।

    बहुमतकै कुरा गर्ने हो भने कसैको पनि नभएको स्पष्ट पार्दै नेता श्रेष्ठले तेस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ भने सबैभन्दा ठुलो पार्टी कांग्रेस राष्ट्रपति बन्नुपर्नेमा जोड दिनुभयो ।

    संविधानको मुल मर्मलाई नै आक्रमण गर्ने खालका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी नै सरकारमा रहेको कुरा खतरनाक रहेकाले संविधानको रक्षा गर्न र बचाउनलाई पनि कांग्रेस, एमाले र माओवादी मिलेर संगै हिड्नुपर्ने मुल मान्यताका आधारमा राष्ट्रपति कांग्रेसको पक्षमा हुनुपर्छ भनेर जोडदार रुपमा आफूहरु लागिपरेको स्पष्ट पार्नुभयो ।


    शनिवार, माघ २१ २०७९०७:२५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij