Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बलि चढाउन भारत लगिएकि नेपाली किशोरीको उद्धार, ६ जना पक्राउ

बलि चढाउन भारत लगिएकि नेपाली किशोरीको उद्धार, ६ जना पक्राउ

  • शुक्रवार, माघ २० २०७९

  • 1.4K
    SHARES

  • बलि चढाउन भारत लगिएकि नेपाली किशोरीको उद्धार, ६ जना पक्राउ

    काठमाडौं । भारतमा बलि चढाउन लगिएकि एक नेपाली किशोरिलाई प्रहरीले उद्धार गरेको छ। नयाँदिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको प्रहरिले जनाएको छ।

    भारतको मंगलबजार, बापरुल्लाबाट हिजो उद्धार गरेर नेपाल ल्याईएको आज प्रहरीले जानकारि दिएको छ ।ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार बालिकालाई भारत लैजाने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ। प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।

    एसएसपि श्रेष्ठले भन्नुभयो ‘पक्राउ परेकाहरुको बयानअनुसार किशोरीलाई बलि चढाउन लगिएको आशंका छ बालिकालाई भारतको विभिन्न स्थानमा ३ जना फरकफरक तान्त्रिकसँग भेटाएको पनि पाइएको छ, अहिले किशोरीलाई एक सामाजिक संस्थाको सेल्टरमा राखिएको छ।’

    प्रहरीका अुनसार पीडित किशोरीलाई एक तान्त्रिक बाबासँग भेटाइदिएर खुशी बनाए अथाह पैसा पाउने भन्दै १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिई बन्धक बनाएर २० पुसमा सुनौली नाका हुँदै नयाँदिल्ली पहाडगञ्ज लगेका थिए ।

    पक्राउ परेकाहरुले दिएको बयान अनुसार उनीहरुलाई कम्तीमा ५ फिट ४ इञ्च उचाइ भएको, शरीरमा कुनै दाग वा ट्याटु नभएको र कुनै अंगमा चोटपटक नभएको, रजश्वला नभएको किशोरी ल्याउन भनिएको थियो ।

     


    शुक्रवार, माघ २० २०७९०४:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij