Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मलेसियामा अब नेपाली कामदार र स्थानिय कामदारको सेवा सुविधा बराबर

मलेसियामा अब नेपाली कामदार र स्थानिय कामदारको सेवा सुविधा बराबर

  • शुक्रवार, माघ २० २०७९

  • 358
    SHARES

  • मलेसियामा अब नेपाली कामदार र स्थानिय कामदारको सेवा सुविधा बराबर

    काठमाडौं। मलेसिया सरकारले पनि अब नेपाली कामदारलाई आफ्नै देशका कामदारअनुसार सेवा सुविधा दिने भएको छ ।

    नेपाल भ्रमणका लागि नेपाल आउनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच आज काठमाडौंमा भएको छलफलमा नेपाली कामदारहरूलाई पनि मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने सहमती भएको हो ।

    मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफुहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिनुभएको छ ।

    बैठकमा श्रम सम्झौता नविकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नविकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताउनुभयो। त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

    मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उहाँले जानकारी दिनुभयो। मलेसियाले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ।


    शुक्रवार, माघ २० २०७९०३:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij